निजगढ, बाराको निजगढ वडा नम्बर १० लालस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५१औँ जन्मजयन्ति तथा अभिभावक दिवस बिभिन्न कार्यक्रमसहित सोमबार मनाइएको छ ।
विद्यालयले जनप्रतिनिधि, अभिभावक, समाजसेवी र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा विज्ञान प्रदर्शनी, फूड फेस्टिबल र सांगितिक कार्यक्रम आयोजना गरेर जन्मजयन्ति मनाएको हो ।
विद्यालय परिसरमा भएको कार्यक्रममा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहलाई नगरप्रमुख पुरी, काभ्रे क्षेत्र नम्बर १ का पूर्वसांसद एंव विद्यालयका संस्थापक शिवप्रसाद देउवा, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ, वडा अध्यक्ष एवं व्यवस्थापन समितिका अध्यक्ष आशाकाजी श्रेष्ठ, गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ का प्रधानाध्यापक बद्रिनारायण झा, सार्वजनिक माध्यमिक विद्यालय बागदेवका व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम, नेकपा (एमाले) की नेतृ दिपीका साह, नेपाली कम्यूनिष्ट पार्टीका नगर संयोजक सन्तोष दंगाल, नेपाली कम्यूनिष्ट पार्टीका नेता भिमप्रसाद सापकोटा, राप्रपा निजगढ नगर अध्यक्ष लिलाबहादुर राउत, जनमत पार्टी निजगढ नगर अध्यक्ष मोजहर मन्सुर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय लाल व्यवस्थापन समितिका अध्यक्ष सिद्धार्थ लोप्चनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनानाथ साहले विद्यालयको प्रगति प्रतिवेदन, विद्यालयका लेखापाल महेश घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा सुष्मा जिम्बा, रविलाल बोम्जन, जमुना पराजुली, स्मृति बुढाथोकी, रमिता लो, रमेश वाईवा, बालकृष्ण श्रेष्ठ रहेका छन् ।
त्यसैगरी जन्मोत्सव समारोह सफल बनाउन विभिन्न विधामा क्रियाशील शिक्षकहरुलाई समेत सम्मान गरिएको छ ।
विज्ञान प्रदशर्नीतर्फ शिक्षक रमेशकुमार झा, हरिरहर राम देवकोटा, संगिततर्फ नानु कार्की, नानी सिंगतान, गायत्री घिमिरे, रिता पौडेल, मोती लामालाई सम्मान गरिएको हो ।
त्यसैगरी फूड फेस्टिवलतर्फ हरिनारायण कुशवाह, नाटकतर्फ उपेन्द्र केशरी, रामबाबुप्रसाद बरई, लक्ष्मी रावललाई सम्मान गरिएको छ ।
त्यस्तै पूर्वशिक्षिका सम्मानतर्फ मानमती भाटलाई सम्मान गरिएको छ ।
कार्यक्रममा कार्यपालिका सदस्य मनमाया मगर, वडा सदस्य मेघराज वाइवा, रेनु दर्जी, पूर्ववडा अध्यक्ष पदमबहादुर मोक्तान, पूर्ववडा सदस्य सरिता रिमाल, मगनी काकी, जमानसिंह घलान, पूर्वव्यवस्थापन समिति अध्यक्ष मिनराज रिमाल, सुब्वा सिंह लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै सार्वजनिक माध्यमिक विद्यालय बागदेवका प्रधानाध्यापक हस्तबहादुर लामा, गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका अध्यक्ष थानेश्वर सापकोटा, सोही विद्यालयका निमित्त प्रधानाध्यापक श्रीहरी न्यौपाने, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुरका प्रधानाध्यापक दिनेश गुरो, भगवती आधारभूत विद्यालय भक्तलालका प्रधानाध्यापक उदयराज अधिकारी, सरस्वती आधारभूत विद्यालय कोलगाँउका प्रधानाध्यापक सोमबहादुर कार्की, शिवशक्तेश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश स्वर्णकार लगायत सहभागी थिए ।
वडा अध्यक्ष एवं व्यवस्थापन समितिका अध्यक्ष आशाकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सुनमाया लोप्चनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने शिक्षक रामबाबुप्रसाद बरईले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।



