निजगढ, निजगढका समाजसेवी दिनानाथ साहले निजगढमा छठका ब्रतालु १९ जना महिलाहरुलाई एक÷एक थान नयाँ सारी, ब्लाउज र पेटिकोट सहयोग गर्नुभएको छ ।
एक साताअघि आफूले गरेको घोषणा अनुसार समाजसेवी साहले छठ पर्वमा ब्रत बस्ने गरिव र असाहय महिलाहरुलाई सारी, ब्लाउज र पेटिकोट सहयोग गर्नुभएको हो । साहले बिहीवारबाट छठ ब्रतालुहरुलाई सारी वितरण शुरु गर्नुभएको थियो । बिहीवार एकै दिन १५ जनालाई एक÷एक थान सारी, ब्लाउज र पेटिकोट वितरण गरिएको साहले जानकारी दिनुभयो ।
निजगढ १० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, लालका प्रधानाध्यापकसमेत रहनुभएका साहले गत शुक्रवार समाजिक सन्जाल फेसबुकमा स्टाटस लेखेर छठ पर्वमा गरिव र असाहय महिलाहरुलाई नयाँ सारी सहयोग गर्ने घोषणा गर्नुभएको थियो । उहाँले सारी लिन इच्छुक महिलाले १ साताभित्र आफ्नो मोबाइल नम्बरमा सम्पर्क गर्न पनि आग्रह गर्नुभएको थियो ।
छठ पर्वका श्रद्धालु महिलाहरुले नयाँ पोशाक लगाएर ब्रत बस्ने परम्परा छ । यो पर्व यस वर्ष कार्तिक १० र ११ गतेका दिन परेको छ । श्रद्धालुहरुले कार्तिक १० गते ‘सँझियाँ घाटे’ मा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर भोलिपल्ट उदाउँदो सूर्यको ‘पारन’ गरेपछि ब्रत समाप्त हुनेछ ।



