निजगढ, निजगढको मुटु मानिने शहिद चोकस्थित पूर्वश्चिम राजमार्गमा यत्रतत्र छरिएका ढुङ्गा गिटीका कारण सवारी दुर्घटनाको जोखिम बढेपछि स्थानीय व्यवसायीहरुले बिहीवार सडक सफाइ गरेका छन ।
राजमार्गबाट उत्तरतर्फ बागदेवतर्फ जाने सडक छेउमा छरिएका गिटीका कारण सवारी साधन दुर्घटना पर्ने जोखिमसंगै चोकको सौन्दर्यसमेत बिग्रेकोभन्दै स्थानीय व्यवसायी खडगप्रसाद उप्रेती र पद्मप्रसाद तिमल्सिनाको पहलमा बिहीवार दिउसो झाडुले बडारेर गिटी हटाइएको हो ।
गिटीका कारण मोटरसाइकल र साइकल लगायत साना सवारी साधन दुर्घटना हुने शंभावना देखिएकाले सडक सफाइ गरिएको व्यवसायी उप्रेतीले बताउनुभयो । दिपावली र छठ जस्ता पर्व नजिएको अवस्थामा शहिद चोकको सौन्दर्यकरणसंगै दुर्घटना न्यूनीकरण गर्न आफूहरुले पहल गरेको उप्रेतीको भनाई छ ।
गत महिनाको वर्षमा भल पानीले बगाएर ल्याएको गिटी थुप्रिएर शहिद चोकको सडकमा दुर्घटना जोखिम उत्पन्न भएको थियो ।



