निजगढ,

पुलको बिचमा ट्रक बिग्रेर रोकिएपछि निजगढस्थित पूर्वश्चिम राजमार्गमा मंगलवार राति करिव ८ घण्टा सवारी र ढुवानीका साधन अवरुद्ध बनेका छन ।

राजमार्गको निजगढ पूर्व लामो पुलमा वीरगञ्जबाट सिमेन्ट बोकेर जनकपुरतर्फ जादै गरेको म प्र ०३–००२ ख २०२४ नम्बरको ट्रक निजगढ ९ स्थित लामो पुलमा बिग्रेर रोकिएपछि सोमवार राति ९ बजेबाट मंगलवार बिहान ७ बजेसम्म सवारी साधन अवरुद्ध बनेका हुन ।

सडक अवरुद्ध बनेपछि पूर्वतर्फ जादै गरेको सयौं रात्रि बसका हजारौं यात्रुहरु र मालवहाक ढुवानीका साधन जंगलको सडकमा अलपत्र परेका थिए । सडकमा अवरोध भएपछि आफू राति ७ घण्टासम्म जंगलबीचको सडकमा अलपत्र परेको रात्रि बसका एक चालकले बताए ।

राजमार्गको साँघुरो पुलमा बिग्रेर रोकिएको ट्रकका कारण राजमार्गमा सवारी अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो । उहाँले सडक पूर्णरुपमा बन्द नभएपनि लामो समयसम्म यातायात अवरुद्ध बनेको बताउनुभयो । ‘साँघुरो पुलमा रोकिएको ट्रकको छेउबाट पालैपालो गाडी बिस्तारै चालाउनु पर्दा समय लागेको हो, उहाँले भन्नुभयो, बिहान ट्रक मर्मतपछि सडक सुचारु पारिएको थियो ।’ डाइर्भशन निर्माण गरेर सडक सुचारु गर्न राति गरिएको प्रयास विफल बनेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय