बारामा निर्माणाधीन काठमाडौं–तराई मधेश द्रुत मार्ग (फास्ट ट्र्याक) नजिकै पर्ने निजगढ–पथलैया सडकखण्डमा एक टिपरले सडकमा गिट्टी खसाल्दा सडक केही समयका लागि अवरुद्ध भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार निजगढबाट गिट्टी लोड गरेर गइरहेको टिपरले रातको समयमा क्षमताभन्दा बढी गिट्टी लोड गरी जाने क्रममा गाडीबाट गिट्टी खस्न पुगेको अनुमान गरिएको छ। टिपरको लापरवाहीका कारण सडकमा आवागमन केहीबेर अवरुद्ध भएको थियो।

ट्राफिक प्रहरी कार्यालयका बाराका प्रमुख प्रहरी निरीक्षक दिपक केसीका अनुसार रातको समयमा गिट्टी बोकेको टिपरको लापरवाहीका कारण सडकमा गिट्टी खस्दा सवारीसाधन चल्न कठिनाइ भएको थियो।

‘टिपरले सडकमा गिट्टी खसाल्दै जादा सडक नै अबरुद्ध हुने गरी गरेको पाइएपछि प्रहरी टोलीले तत्कालै सडक सफाइ कार्य सुरु र्गयो,’ निरीक्षक केसीले भने। उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले सडक सफा गरी सवारी आवागमन सहज बनाएको छ।

सडकमा गिट्टी खसाल्ने उक्त टिपरको खोजी कार्य जारी रहेको ट्राफिक प्रहरीले जनाएको छ। तर, सडक क्षेत्रमा रहेका सिसिटिभि क्यामराहरू केही समयदेखि बिग्रिएका कारण घटनामा संलग्न टिपरको स्पष्ट पहिचान गर्न मुस्किल परेको ट्राफिक प्रहरीले बताएको छ। यसले अनुसन्धानमा थप चुनौती उत्पन्न गरेको र ट्राफिक प्रहरी अहिले बिभिन्न स्रोतहरूबाट जानकारी संकलन गरिरहेको छ।

ट्राफिक प्रहरीले रातको समयमा क्षमताभन्दा बढी सामान लोड गर्ने र सुरक्षात्मक आवरण नलगाई सडकमा सामग्री खसाल्ने सवारी साधनविरुद्ध कडाइका साथ निगरानी बढाउने जनाएको छ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय