
निजगढ,
जेनजी आन्दोलन र प्रदर्शनको क्रममा भएको आगजनीबाट निजगढ नगरपालिका वडा नम्बर ५ र ८ नम्बर वडा कार्यालयलाई स्थानीय व्यवसायीहरुले बुधवार पनि फर्निचर र अन्य सामग्री सहयोग गरेका छन ।
वडा नम्बर ५ को कार्यालयलाई स्थानीय जनजागृती आधारभूत विद्यालय, खोल्माटोलले बुधवार १ थान स्टीलको दराज सहयोग गरेको हो भने वडा नम्बर ८ को कार्यालयलाई विद्यालयका प्रधानाध्यापक र व्यवसायीहरुले उपयोगी सामग्री सहयोग गरेका हुन ।
आन्दोलनको नाममा केही ृउत्श्रृखल व्यक्तिहरुको समूहले कार्यालयका सामग्रीमा आगजनी र तोडफोड गरेपछि कार्यालयको सेवा संचालनमा सहयोग पु¥याउने उद्देश्यले जनजागृति आधारभूत विलालयको तर्फबाट एक थान स्टील दराज सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक शिव नेपालले जानकारी दिनुभयो । आवश्यक सामग्री अभावमा सेवा प्रभावित हुदैआएको आवस्थामा वडा कार्यालयलाई दराज उपलब्ध गराएकोमा वडा अध्यक्ष सूर्यबहादुर थापा मगरले विद्यालय परिवारलाई धन्यवाद दिनुभएको छ ।
त्यसैगरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निजगढ १० लालका प्रधानाध्यापक दिनानाथ साह, स्थानीय समाजसेवी एंव अंशु इलोक्टोनिक्स निजगढका संचालक मनोज रेग्मी र निजगढस्थित सोना ग्लास हाउसका प्रोपाईटर सोमनाथ साहले बुधवार वडा नम्बर ८ को कार्यालयलाई सामग्री सहयोग गरेका छन ।
वडा अध्यक्ष स्वर्ण लामाले दिएको जनकारीअनुसार प्रधानाध्यापक साहले कार्यालयलाई प्लाष्टिक कुर्सी ४ थान, १÷१ थान डष्टविन, पेन होल्डर, डष्ट प्यान, प्लाष्टिकको टेबल र ¥याक र व्यवसयी रेग्मीले ३ थान सिलिङ्ग फ्यान सहयोग गर्नुभएको हो ।
त्यसैगरी अर्का व्यवसायी सोमनाथ साहले पनि बुधवार नै अफिस टेबल २ थान र प्लाष्टिक कुर्सी ४ थान सहयोग गर्नुभएको हो ।
यसअघि पनि ८ नम्बर वडा कार्यालयलाई स्थानीय व्यवसायीहरुले फर्निचरलगायतका सामग्री सहयोग गरेका थिए ।