पूर्वमन्त्री, संविधानसभा सदस्य एंव नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेललाई मातृशोक परेको छ ।
निजगढ– ९ निवासी पूर्वमन्त्री पौडेलकी आमा रत्नकुमारीको ८८ वर्षिय उमेरमा बिहीवार बिहान काठमाण्डौंमा निधन भएको हो ।
पूर्वमन्त्री पौडेलसहित रत्नकुमारीका नवराज, नविन र बबिन पौडेलसहित ४ छोरा र रमा, रमिला र सुशीला गरी ३ छोरीहरु छन् । स्वर्गीय रत्नकुमारीको पार्थिव शरीर बिहीवार दिउँसो निजगढ आर्यघाटमा दाहसंस्कार गरिएको छ । यसअघि शव यात्रामा विभिन्न पार्टीका स्थानीय नेता कार्यकर्तासहित सयौं सर्वसाधारण सहभागी बनेका थिए ।
शहिद मुखलाल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष तथा रेडियो निजगढका स्थापक पौडेल परिवारले रत्नकुमारी र स्वर्गीय पिता टंकनाथको नाममा स्थापना गरेको ‘टंकनाथ÷रत्नकुमारी’ अक्षय कोषमार्फत रेडियो निजगढले निजगढ नगरपालिकाका सामुदायिक विद्यालयबाट एसइइ परीक्षा र गौरीशंकर कलेजको अन्तिम परीक्षामा सर्वोत्कृष्ट अंकसहित उर्तीण हुने २ जना विद्यार्थीहरुलाई हरेक वर्ष १०÷१० हजार रकमको ‘जेहेन्दार विद्यार्थी पुरस्कार’ बाट सम्मान गर्दैैआएको छ ।
रत्नकुमारीको निधनप्रति ‘निजगढ न्युज’ परिवार हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ ।
’



