सिमरा,
चाइल्ड रेस्क्यु नेपालको सहयोगमा श्री साथी नेपालले सिमरामा निर्माण गरेको अपाङ्गमैत्री विद्यालय भवन सोमवार एक कार्यक्रमबीच उद्धाटन गरिएको छ । उद्धाटनसंगै सो भवन सोमवार नै विद्यालयलाई हस्तान्तरण पनि गरिएको छ ।

ललितपुरस्थित श्री रेस्क्यु नेपालको सहयोग र साथी नेपालको समन्वयमा करिब ३५ लाखको लगानीमा निर्माण गरिएको ४ कोठे पक्की विद्यालय भवनको युवा तथा खेलकुद पूर्वमन्त्री एंव नेकपा एमालेका नेता पुरुषोत्तम पौडेलले उद्धाटन गर्नुभएको थियो ।

साथी नेपालकी अध्यक्ष सरिता सापकोटा र बारा जिल्ला अपांग महासंघका अध्यक्ष गंगा वाग्लेको अध्यक्षता र नेपाल अपाङ्ग सेवा संघ बारा तथा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको संयुक्त आयोजना भएको सो कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, चाईल्ड रेस्क्यु नेपालका कन्ट्री डाइरेक्टर भास्कर कार्की, मधेस प्रदेश सभा पूर्व सदस्य शोभा लामा, जीतपुरसिमरा वडा नम्बर १४ की वडा अध्यक्ष चयन गुरूङ, नेरामावि सिमराका प्रधानाध्यापक शंकर आचार्य र विभिन्न सामाजिक संघसंस्था, विद्यार्थी, अभिभावक र स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति थियो ।
नवनिर्मित विद्यालय भवन हस्तान्तरणसँगै विद्यार्थीहरूले सुरक्षित, सहज र गुणस्तरीय शैक्षिक वातावरणमा अध्ययन गर्ने अवसर पाउने अपेक्षा गरिएको साथी नेपालका अध्यक्ष सरिता सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय