निजगढ । प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौँ–तराई–मधेस द्रुतमार्गको काम समयमै सक्ने प्रतिबद्धता जनाउनुभएको छ ।

बिहीवार सिंहदरबारमा रक्षा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको छलफलमा प्रधानसेनापती सिग्देलले सो कुरा बताउनुभएको हो ।

छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उप्रधानसेनापती सिग्देलले नेपाली सेनाले समयमै काम सम्पन्न गर्छ भन्ने विश्वासका साथ बस्न आग्रह गर्नुभएको थियो ।

उहाँले २०८३ को चैतसम्म सक्नुपर्ने दायित्व रहेको र अझै पनि काम सक्ने विश्वास रहेको बताउनुभएको छ । उहाँले बनाउनुपर्ने कामहरू छिटो सकिने किसिमका रहेकाले द्रुत गतिमा काम अघि बढ्ने बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय