निजगढ,
रौतहटको चन्द्रनिगाहपुर– ४ स्थित पूर्वपश्चिम राजमार्गको धनसारबाट आइतवार दिउँसो गाँजासहित निजगढका एकजना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले निजगढ नगरपालिका– १२ घर भएका ३४ वर्षीय दीपक थिङलाई नियन्त्रणमा लिएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी सहायक निरीक्षक टीकामाया सिवाकोटीको टोलीले पूर्व पश्चिम सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको अवस्थामा धनसार खोलाको पुल नजिक ना. ८० प. ९८९३ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेक जाँच गर्दा ९ किलो ७५० ग्राम लागुऔषध गाँजासहित मोटरसाइकल चालक थिङ्गलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक प्रवक्ता दीपककुमार रायले बताउनुभएको छ ।

प्रवक्ता रायले पक्राउ परेका थिङले लागु औषध गाँजा जेब्रा ब्राण्डको झोलामा लुकाई छिपाई ल्याउँदै गरेको जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय