निजगढ,

जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती मोटरसाइकल दुर्घटनामा बिहीवार बिहान घाइते हुनुभएको छ ।

मधेस प्रदेश २६ प ७७७७ नम्बरको मोटरसाइकलको पछाडि बसेर निजगढबाट रौतहटको गौरतर्फ जादै गरेको अवस्थामा पछाडिबाट आएको अर्को मोटरसाइकलमा ठोक्किएपछि उपप्रमुख उप्रेती बिहान ११ बजे चन्द्रपुर नगरपालिका ८ को बसन्तपुर नजिक वीरेन्द्र मार्गमा लडेर घाइते हुनुभएको हो । संगै गुडिरहेको अर्को मोटरसाइलकले अचानक अडाडिबाट सडक काटेपछि मोटरसाइकलसंगै उप्रेती र राउत पनि सडकमा लडेका थिए ।

मोटरसाइकल चालक निजगढ नगरपालिका वडा नम्बरका रुपेश राउत पनि सामान्य घाइते हुनुभएको छ ।

उपप्रमुख उप्रेतीको खुट्टामा चोट लागेको छ । दाहिने खुट्टाको घुडा पछाडिपट्टीको लिगामेन्ट च्यात्तिएर उप्रेती हिड्न नसक्ने अवस्थामा हुनुहुन्छ । खुट्टाको समस्या बाहेक अन्य अवस्था सामान्य रहेको र चिकित्सकले केही दिन बेड रेष्ट गर्न भनेको उपप्रम्ुख उप्रेतीले बताउनुभयो । घाइते दुबै जना चन्द्रपुर अस्पतालमा उपचारपछि बिहीवार साँझ नै घर फर्किएका छन ।

स्नातक तहको परीक्षा दिने क्रममा उपप्रमुख उप्रेती र राउत मोटरसाइकलबाट गौरतर्फ जादै गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय