कलैया,
प्रेस चौतारी नेपाल बारा शाखाले गणतन्त्र दिवसको अवसरमा बाराको कलैयास्थित प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

चौतारीले बिहीवार प्रादेशिक अस्पतालमा भर्ना भएका ५० जनाभन्दा बढी बिरामीहरुलाई स्याउ, अंगुर, केरा र एउटा÷एउटा अण्डा वितरण गरेको हो ।

अस्पतालको ईमर्जेन्सी, प्रस्तुति, जेनरल र आईसियुमा भर्ना भएका ६० जना बिरामीहरुलाई फलफूल वितरण गरिएको चौतारी बाराका अध्यक्ष थानेश्वर सापकोटाले बताउनुभयो ।

फलफूल वितरण कार्यक्रममा प्रेस चौतारी नेपालका संस्थापक केन्द्रिय सदस्य एवंम वरिष्ठ पत्रकार गोकुल घोरसाइने, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल गौरव, प्रेस चौतारी नेपाल बारा शाखाका उपाध्यक्ष जिउतप्रसाद यादव शाखा सचिव श्याम गुप्ता, सहसचिव धिरेन्द्र तिवारी, कोषाध्यक्ष प्रहलाद तिमल्सिना र सदस्यहरु आदित्य मिश्र, दिपलाल पटेल, रोशन गुप्ता तथा अस्पतालका अहेव राकेश यादवलगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय