
लायन्स क्लब अफ निजगढले नयाँ कार्यसमिति गठन गरेको छ ।
आज बसेको बैठकले नयाँ कार्यसमिति चयन गरेको हो । बैठकबाट प्रेसिडेन्टमा रामचन्द्र जैसवाल सर्बसहमतले चयन गरेको हो ।
यस्तै पहिलो भिपीमा जनक श्रेष्ठ चयन भएका छन भने दोस्रो भिपीमा नवराज शर्मा, सचिबमा राम कृष्ण नेपाल र कोषाध्यक्षमा कैलाश बहादुर तिमल्सिना रहेका छन भने बाकी अन्य पहिलाकै समितिलाई निरन्तरता दिएको अध्यक्ष बिनेद खरेलले निजगढ न्युजलाई जानकारी दिए ।
बैठकमा निजगढका नगर प्रमुख तथा पुर्ब लायन्स प्रेसिडेन्ट सुरेश कुमार खनाल, बिनेद भारती, दीपेन्द्र श्रेष्ठ लगायत पुर्ब प्रेसिडेन्ट तथा सदस्यको उपस्थिति रहेको थियोे ।
आज चयन भएको नयाँ कार्यसमितिको कार्यकाल भने आगामी जुलाई १ बाट सुरुहुने बताइएको छ ।