निजगढ,

निजगढमा जारी ‘बजाज साटासाट एक्सचेन्ज मेला’ मा ग्राहकको भिड बढेपछि आयोजकले मेला अवधि ४ दिन थप गरेको छ ।

यसअघि असार २ गतेसम्मको लागि मात्रै भनिएको सो मेलामा मोटरसाइकल साटासाट र खरिद गर्न आउने ग्राहकहरुको संख्या बढेपछि आयोजक नित्यम ट्रेर्डसले आगामी असार ५ गते बिहीवारसम्मको लागि मेलाको अवधि बढाएको हो ।

गत जेष्ठ २८ गते निजगढ ८ को बुद्धचोकमा शुरु भएर हाल निजगढ ७ को शहिद चोकमा जारी मेलामा दैनिक दर्जनौं ग्राहकले मोटसाइकल एक्सचेन्ज र खरिद गरिरहेको नित्यम ट्रेडर्सले निजगढका संचालक रामचन्द्र प्रसाद जैसवालले जानकारी दिनुभयो । मेलामा ग्राहकहरूको भिड कायम नै रहेकोले मेला अवधि असार ५ गतेसम्मको लागि थप गरिएको उहाँले बताउनुभयो ।

मेलामा नागरिकताको आधारमा सर्वसाधारणले बजाजको बाइक फाइनान्स गर्न सक्नेछन् । शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ । एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको विशेष भ्यालुएटरहरूले उचित र उच्चतम मूल्यांकन गर्ने र सोही अनुसार ग्राहकहरुलाई कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँसम्मको बोनस भ्यालुएसन प्रदान गरिने कम्पनीले जनाएको छ ।

त्यसैगरी मेलामा खरिद गरिएको मोटरसाईकलमा कम्पनीले नै आगामी आब २०८२÷८३ को बार्षिक कर चुक्ता पनि गर्ने सुविधा दिएको छ । यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजात पेस गर्नुपर्ने झन्झटिलो प्रक्रिया हटाइएको र किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्समार्फत यो सुविधा प्राप्त गर्नसक्ने नित्यम ट्रेडर्सका संचालक जैसवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय