निजगढ,
बाराको निजगढ नगरपालिका– १ सिंगौलस्थित शिक्षाशक्ति नमूना आधारभूत विद्यालय हाताभित्र माओवादी द्वन्दकालमा मृत्यु भएका एक लडाकुको शालिक निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका छन ।

माओवादी सशस्त्र द्वन्दको क्रममा ज्यान गुमाएकी माओवादी लडाकु शान्ति पराजुली ‘नमूना’ को निजगढ नगरपालिका कार्यपालिका लक्षित कोषको ३ लाख रुपैया बजेट खर्चेर शालिक निर्माण गर्न लागिएपछि उक्त योजना रोक्नुपर्ने माग गर्दै स्थानीयले हस्ताक्षर गरेर निजगढ नगरपालिका कार्यालयमा संयुक्त निवेदन दिएका हुन । निवेदनमा विद्यालय जस्तो शंवेदनशील र शान्ति क्षेत्रमा कुनै राजनीतिक दल विशेषको लडाकुको शालिक निर्माण गर्न नहुने भनिएको छ ।

नेकपा एमाले निजगढ वडा नम्बर १ वडा कमिटीका अध्यक्ष कुमार खड्काले विद्यालय हाताभित्र माओवादी लडाकुको शालिक निर्माण गर्नु उपर्युक्त नहुनेभन्दै निर्माण कार्य रोक्न माग गर्दै स्थानीयको तर्फबाट निजगढ नगरपालिका कार्यालयमा उजुरी दिइएको बताउनुभयो ।

पराजुलीको शसस्त्र द्वन्दको क्रममा ०६१ सालमा निजगढ १० स्थित भालु खोलामा नेपाली सेनासंगको भिडन्तमा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय