निजगढ,
निजगढ ९ स्थित पूर्वपश्चिम राजमार्गको जमुना पैनी लच्का नजिक सडकमा बसले मोटरसाइकलाई ठक्कर दिदा बिहीवार राति मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बा.प्र ०३ ००४ प ६३५२ नम्बरको मोटरसाईकलमा चन्द्रनिगाहापुरबाट पथलैयातर्फ जादै गरेका मोटरसाइकल चालक हेटौडा ४ निवासी वर्ष ४० का दिपकप्रसाद नेपाललाई सोही दिशाबाट काठमाडौ जाँदै गरेको बा.प्र ०१ ००६ ख ७७०१ नम्बरको रात्री बसले राति ८.३० बजे ठक्कर दिएको थियो ।
स्थानीय क्लिनिकबाट थप उपचारको लागि वीरगञ्ज लैजाने क्रममा नेपालको बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
प्रहरीले बस चालक सलाही हरिपुर नगरपालिका ७ बस्ने अन्दाजी वर्ष ३७ को जलान्धर धामीलाई नियन्त्रणमा लिईएको जनाएको छ ।
निजगढ ६ सडकटोलस्थित ससुराली घरमा पारिवारिक भेटघाट सकेर नेपाल हेटौडातर्फ जादै गरेको बताइएको छ ।



