निजगढ,
दुग्ध उत्पादक सहकारी संघमार्फत दुग्ध खरिद गरेर रकम भुक्तानी नगर्ने निजी डेरीहरुमाथि कारबाहीको र रकम असुलीमा सहयोग माग गर्दै बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघले बिहीवार बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

संघका जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराई नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय कलैयमा पुगेर किसानले बिक्री गरेको दुग्धको रकम असुल उपरमा सहयोग गरिदिन माग गर्दै प्रजिअ अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

जिल्ला संघले लामो समयदेखि दुधको रकम भुक्तानी नगर्ने निजी डेरी संचालकहरुको नाम, ठेगाना र बाँकी रकमसहितको अन्य विवरण प्रजिअ अधिकारीलाई बुझाएको संघका बारा जिल्ला अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उहाँले बारा जिल्लाका विभिन्न १ दर्जनभन्दा बढी दुग्ध सहकारीमार्फत दुग्ध खरिद गरी सोबापतको रकम भुक्तानी बाँकी बक्यौता राख्ने उद्योगी व्यवसायीहरुको विवरण बुझाउने केन्द्रीय कार्यालयको कार्यक्रम अन्र्तगत जिल्ला संघले पनि त्यस्ता उद्योगीको नाम, ठेगाना र बक्यौता रकमको विवरणसमेत प्रजिअलाई जानकारी गराइएको बताउनुभयो ।
बारा जिल्लाबाट दुग्ध खरिद गरेर रकम भुक्तानी गर्न बाँकी निजी डेरी उद्योगको संख्या १८ रहेको दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सचिव थानेश्वर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार निजी डेरीले बारामा दुग्धको करिव १६ करोड रकम भुक्तानी गर्न बाँकी छ ।

संघले उल्लेखित विवरण अनुसार किसानको दुग्धको बक्यौता रकम भुक्तानीको लागि आवश्यक पहल गरिदिन पनि ज्ञापनपत्रमार्फत प्रजिअ अधिकारीसंग अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय