राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा पक्राउ परेका कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवसहित ११ जनालाई धरैटीमा धरौटीमा छुटेका छन् भने कलैया उपमहानगरपालिका २० का वडा सचिव खेदु मियाँको कुनै कसुर नदेखिएकोले उनलाई रिहाई गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले माग गरेको २ लाख ८१ हजार रुपैयाँ धरौटी बुझाएर उनी बुधबार साँझ तारेखमा रिहा भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको इजलासले बुधबार बेलुका नगर प्रमुख यादव र धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनसँग २ लाख ८१ हजार धरौटी मागेको हो । दाल प्रकरणमा नगर प्रमुख समेत मुछिएका कारण जिल्ला प्रशासनमा अबेर रातिसम्म इजलास खोलिएको थियो ।

राहतमा कुहिएको दाल वितरण गरेपछि दाल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको थियो । नगर प्रमुख यादवका काकाको छोरा रोशन भनिने रविन्द्र यादव, यादव आइस एण्ड कोल्ड स्टोरका मुन्सी बच्चु दास भनिने बच्चु यादव, कृष्णप्रसाद यादव, कलैया वडा नं २७ का वडा अध्यक्ष रियाजुल अन्सारी, वडा नं १ का वडा अध्यक्ष हरिओम प्रसाद सोनार, वडा नं ७ का अध्यक्ष सैफुल्लाह मियाँ अन्सारी, वडा नं ११ का अध्यक्ष सर्व नारायण चौधरी, वडा नं १३ का अध्यक्ष राजन प्रसाद कुर्मी, वडा नं २६ का महेश साहसँग ६० हजार धरौटी माग गरिएको हो ।

वडा नं २० का सचिव खेदु मियाँको संलग्नता नदेखिएपछि उनी विरुद्ध भने माग दावी पेश नै नगरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

बुधबार बेलुकी ५ बजेबाट जिल्ला प्रशासन कार्यालय बारामा बयान सुरु गरिएको थियो । प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बयान सकिएपछि राति करिब ९ बजेतिर उक्त फैसला सुनाएका हुन् तर अन्तिम फैसला भने होईन ।

यस अगी राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवसहित १२ जनाविरुद्ध प्रहरीले कालोबजार तथा सामाजिक अपराध ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान सुरु गरेको थियो । सोही अनुरुप मेयर राजेश राय यादव सहित ११ जनालाई जिल्ला प्रशासन कार्यालय बाराले पक्राउ गरि ६ दिनको म्याद थप गरी अनुसन्धान थालेको थियो ।

वितरण गरिएको दाल बरामद गरी घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले नगर प्रमुखको संलग्नता रहेको दाबी गर्दै मंगलबार सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । मंगलबार नै उनलाई बारा जिल्ला अदालत पेश गरिएको थियो । अदालतबाट ६ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एंव प्रहरी उपरिक्षक कृष्ण पंगेनीले समेत बताएका थिए ।

बुधबार प्रहरीले नगर प्रमुखका काकाको छोरा रोशन भनिने रविन्द्र यादवलाई पनि नियन्त्रणमा लिएको छ । नगर प्रमुख यादवसहित मंगलबार प्रहरीले यादव आईस एण्ड कोल्ड स्टोरका मुन्सी बच्चु दास भनिने बच्चु यादव र कलैया वडा नं २७ का वडा अध्यक्ष रियाजुल अन्सारीलाई समेत नियन्त्रणमा लिएको थियो ।

यसअघि प्रहरीले ५ जना वडा अध्यक्ष, १ जना वडा सचिव लगायतलाई नियन्त्रणमा लिइसकेको थियो । वडा नं १ का वडा अध्यक्ष हरिओम प्रसाद सोनार, वडा नं ७ का अध्यक्ष सैफुल्लाह मियाँ अन्सारी, वडा नं ११ का अध्यक्ष सर्वनारायण चौधरी, वडा नं १३ का अध्यक्ष राजनप्रसाद कुर्मी, वडा नं २६ का महेश साह, वडा नं २० का सचिव खेदु मियाँ, कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगञ्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

कलैया उपमहानगरपालिकाका विभिन्न वडाले २०७३ सालदेखि यादव आईस एण्ड कोल्ड स्टोरमा थन्क्याएर राखिएको कुहिएको दाल राहतमा वितरण गरेका थिए । वडा नं २० बसतपुरमा पनि कुहिएको दाल वितरण गर्न थालेपछि प्रहरीले २५ बोरा दाल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा दाल यादव आइस एण्ड कोल्ड स्टोरबाट खरिद गरिएको खुलेको थियो । ०७६ चैत २९ गते बिहान कोल्ड स्टोर्समा छापामारी गरेर २५ किलोको ३ सय ८० बोरा दाल सिलबन्दी गरेको थियो । सोही दालको नमुना संकलन गरी हेटौंडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कायालयमा परीक्षण गराउँदा दाल गुणस्तरहिन प्रमाणित भएको थियो ।

यो पनि पढ्नुहोस : समाचारस्थानीय समाचारकलैया उपमहानगरपालिकाका द्वारा मेयर तथा वडाध्यक्षको बचाउ https://nijgadhnews.com/?p=737

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय