
घरेलु तथा सना उद्योग कार्यालय, बाराको आयोजनामा सोमवार निजगढ नगर उद्योग वाणिज्य सघको सभाहलमा बजार विस्तारबारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
घरेलु तथा सना उद्योग कार्यालय, बाराका प्रमुख उद्योग अधिकृत देवेन्द्र कुमार झाको अध्यक्षतामा भएको अन्तर्कियाका सहभागी स्थानीय व्यापारीहरूलाई बजार व्यवस्थापनमा नगरपालिकाको भूमिका, व्यापारी, उपभोक्ता अधिकार र कर्तव्य, विभिन्न प्रकारका कर एवं घरेलु उद्योगधन्धाका बारेमा जानकारी गराइएको थियो ।
उक्त कार्यक्रममा उद्योगी व्यवसायीले बजारसँग सम्वन्धित विषय र यसको विस्तारका लागि ध्यान दिनुपर्ने विषयमा छलफल गरिएको थियो ।
निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष ज्ञानेन्द्र प्रसाद चौलगाई, टेक बहादुर लामा, लगायतले उद्योगी व्यवसायीहरुले आफ्नो स्थानीय तथा बाह्य बजार सम्वन्धि पूर्ण जानकारी राख्नुपर्ने, ग्राहकको पहिचान, वातावरण लगायत बजारसँग सम्वन्धीत विषयको राम्रो दखल हुनुपर्नेमा जोड दिएका थिए ।
त्यसैगरि घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत सुरेन्द्र चौधरीले कार्यक्रमको महत्व र उद्देश्य माथि प्रकाश पारेका थिए भने उपभोक्ता हकहित संरक्षण मञ्चका अरुण खनालले कार्यक्रमको संचालन गरेका थिए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय सिमरा कर अधिकृत तथा सूचना अधिकारी वसन्त नेपाल, वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य, तथा स्थानिय उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।