जंगली हात्तीको आक्रमणमा परेर बारामा एक वृद्धको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट कोल्हवी नगरपालिका–२ पुरानो काँटाका ६३ वर्षीय हस्तबहादुर ठोक्करको मृत्यु भएको हो।

घर नजिकै रहेको उत्तरतर्फको जंगलमा घाँस लिन गएको वेला हात्तिको आक्रमणबाट ठोक्करको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख तथा प्रहरी निरीक्षक किसन बस्नेतले जानकारी दिए।

‘बिहान ७ बजे घरबाट घाँस काट्न गएका ठोक्कर जंगलबाट नफर्केपछि आफन्तले स्थानीयहरुको सहयोगमा जंगलमा खोजतलास गर्दा उनी मृत अवस्थामा करिब साढे ११ बजेको समयमा जंगलमा शव फेला परेको खबर प्राप्त भएसंगै म घटनास्थलमा पुगेको थिए,’ निरीक्षक बस्नेतले भने, ‘शव भएको स्थानमा हात्तीको गोबरदेखि बोटबिरुवा किचोलेको छ, उनको जंगली हात्तिको आक्रमणबाट मृत्यु भएको देखिएको भएतापनि घटनाबारे हामीले थप अनुसन्धान अघि बढाएका छौँ ।’

मृतकको शव परीक्षणका लागि कलैया प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय