बारा,
प्रहरीले एउटा भारतीय ट्रक र सोका चालकलाई २७० केजी अबैध लागुऔषध गाँजासहित अमलेखगंजबाट नियन्त्रणमा लिएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित अमलेखगंज प्रहरीले ट्रकमा लोड भएको गाँजासहित सोका चालकलाई मंगलवार अपराहन्न १२ः३० बजेको समयमा नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा ट्रकमा गाँजा भेटिएपछि सोका चालक भारत बिहार, थाना रामगढवा ग्राम, धनार दिउली बस्ने वर्ष १९ को हरिओम भन्ने अन्त्यसकुमार गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको सो भारतीय मालवाहक एनएल ०१ एन ३०६३ नम्बरको ट्रकमा लुकाई छिपाई राखिएको अवस्थामा उक्त परिमाणको लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद भएको गाँजासहित र सोका चालक गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम डिएसपी दधिराम न्यौपानले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय