निजगढ,
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा  दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलवार प्रमुख थापाविरुद्ध ३० करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
बाग्मती नगरपालिकाको वडा नम्बर ४ र १२ मा रहेको अहिले भरत तालको नामले चिनिने बाग्मती माछा पोखरी निर्माण गर्दा उत्खनन भएको ढुङ्गा, गिटी, बालुवालगायतको नदीजन्य पदार्थ बिक्री÷वितरणमा अनियमितता भएको अख्तियारले जनाएको छ ।
अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै थापासहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारले बागमती नगरपालिकाका उपप्रमुख लीलाकुमार मोक्तानविरुद्ध पनि मुद्दा दायर गरेको छ । प्रवक्ता घिमिरेले मुक्तानलाई ३० करोड २९ लाख रुपियाँ बिगो कायम गर्नुपर्ने माग गरेको जानकारी दिनुभयो ।

यसैगरी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध पनि ३० करोड २९ लाख रुपियाँ बिगो मागदाबी गरिएको छ ।

त्यस्तै, जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिवानाको मागदाबी गरिएको जानकारी अख्तियारका प्रवक्ता घिमिरले दिनुभयो ।
निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचारको अर्काे मुद्दा दायर भएको हो । यसअघि गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय