प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै अध्यानन्द पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा पाण्डेले ३ सय ७७ मतका साथ पाण्डे विजयी भए भने उनका प्रतिस्पर्धी सुवेदीले ३ सय ४३ मत ल्याएकी छन् । पदाधिकारीमा भने सुवेदीको प्यानलनै निर्वाचित भएको छ ।

उपाध्यक्षमा ३ सय ६४ मतका साथ भुलन चौधरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नारायण गौतमले ३ सय ४० मत ल्याएका छन् ।

सचिवमा ३ सय ६३ मतका साथ अमृत शर्मा बजगाई विजयी भए भने उनका प्रतिस्पर्धी एम समिउल्लाहले ३ सय २७ मत पाएका छन् ।

उपचचिवमा जवाहिर अंसारी ३ सय ५७ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी धनिराम चौधरीले ३ सय ४१ मत ल्याएका छन् । महिला उपसचिवमा भावना आचार्य ३ सय ६८ मतका साथ विजयी भएकी छन् भने कमला घिमिरेले ३ सय २५ मत ल्याएकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय