प्रमुख प्रशासकीय अधिकृतको विषयमा सिंहदबारभित्र रहेको नेपाली काँग्रेस संसदीय दलको चमेना गृहमा कटहरिया नगरपालिकाका नगर प्रमुख र कटहरियाका स्थानिय बीच हात हालाहाल भएको छ ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश र कटहरिया नगरपालिकाका वडा ५ का स्थानिय दीपक कुमार दुबेबिच विवाद हुदाँ सिंहदबारभित्र हात हालाहाल भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत कटहरिया नगरपालीका रौतहटमा लाने विषयमा कार्यरत कर्मचारीहरु मध्य कसलाई लाने विषयमा सामान्य प्रशासन मन्त्रालय कर्मचारी महाशाखाको सहसचिव सुमन दाहालसगको छलफलमा मेयरले वरिष्ठ कर्मचारी छाडेर पाँचौं तहको कमर्चारीलाई निमित्त रुपमा निर्णय गराउन चाहेको र अन्य कार्यपालिका सदस्यले मेयरले यस्तो प्रस्तावलाई अस्वीकार गरी नरपलिकाको वरिष्ठ कर्मचारीलाई नै निमित्तको जिम्मेवारी दिनेभन्ने विषयको विवादले उग्ररुप लिदा सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाहिर दुवै पक्षबीच भनाभन सुरु भएको थियो ।
नेपाली कांग्रेसबाट निर्बाचित मेयर अजय प्रकाशले सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नगरपालीकामा कार्यरत पाँचौं तहका कबिर देवानलाई निमित्त लान लागेका थिए । तर दुबेले सोही पालिकामा अरु नै जेष्ठ सदस्य हुँदा हुँदै देवानलाई निमित्त दिनुहुन्न भन्ने बिषयमा नगर प्रमुख अजय र दुबेबिच विवाद सुरु भएको हो ।
विवाद चकिदै जादा हात हालाहालको अवस्थामा मेयरले ज्यान मार्ने गरी दीपक कुमार दुबेको करिब ३० सेकेन्ड जाती घाँटी न्याक्दा त्यहाँ रहेका व्यतिले उनीहरुलाई छुट्याएर उद्धार गरेका थिए ।
यो घटना यतिकैमा रोकिएन । नेपाली काँग्रेस संसदीय दलको चमेना गृहमा फेरि दुवै पक्ष बिच पुनः भनाभन र हात हालाहाल भए पछि सिंहदरबार प्रहरी सुरक्षा गणको प्रहरी निरीक्षक टोलीले दुवै पक्षलाई नियन्त्रण लिई छलफलका लागि लागेका छन्।
दीपक कुमार दुबेले भने,‘सिंहदरबारभित्रनै असुरक्षित छ’, ‘प्रमुखज्यूले मेरो ज्यान मार्ने प्रयास सिंहदरबारभित्रनै गर्नु भयो, सिंहदरबार कति सुरक्षित छ?, उहाँ संग रहेका नगरपालिकाका कर्मचारी सुरेन्द यादब र कबिर देवानले मेरो हात समाते र मेयर अजय प्रकासले मेरो घाँटी न्याक्के । धन्न त्यहाँ अरुपनि थिए र मलाई उद्धार गरे नत्र त्यहाँ जे पनि हुन्थो । सायद केही बेर अरु मेरो घाटी न्याक्केको भए म अहिले यो संसारमा हुदिन थिए होला । अब भन्नुस् सिंहदरबार कति सुरक्षित छ?’
यता नगरप्रमुख अजय प्रकाशले दीपक कुमार दुबेउनको पालिकाको व्यति नभएको दावी गरे । उनले भने,‘ प्रमुख प्रशासकीय अधिकृत कटारी नगरपालीका रौतहटमा लाने विषयमा उनीलाई कुनै मतलब हुने बिषय थिएन तर उनी जबरजस्ती आफौं बिवाद गर्न आए । उनले थपे हो हामीबिच विवाद चर्किदै जादा हात हालाहाल भएको तर यसको सुरु दुबेले गरे । उनले आफुसंग भएको होलमेटले मलाई आक्रमणको प्रयास गरेपछि मेलै प्रतिबाद गरेको हुँ ।’