निजगढ नगरपालिका वडा नम्बर ९ स्थित सहिद हिरालाल रंगशालामा बिरुवा गोडमेल तथा सरसफाई गरिएको छ ।

रंगशालामा बिभिन्न संघसंस्थाले गरेको बृक्षारोपन तथा यसअघि रोपिएका बिरुवालाई गोडमेल र परिसर सरसफाई गरिएको हो ।

रंगशालालाई हरित रंगशालाको रुपमा स्थापित गर्ने योजनालाई सफल बनाउने उद्देश्य सहित बिरुवा गोडमेल तथा सरसफाई कार्यक्रम सहिद हिरालाल रंगशालााका अध्यक्ष जगत बहादुर न्यौपाने(गोकुल)को पहल तथा प्रकाश प्रसाद सापकोटाको समन्वय र श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल निजगढ ६ का अध्यक्ष श्री मोहन सापकोटाको अग्रसरतामा सम्पन्न भएको छ ।

बिरुवा गोडमेल तथा सरसफाई कार्यक्रम निजगढ ९ का खेलप्रेमी युवा एबं श्री कृष्ण प्रणामी युवा परिषद् निजगढका सदस्यहरुको सहकार्यमा रंगशालाको सफाई तथा रोपिएका बिरुवाहरुको गोडमेल एबं मलजल गर्ने कार्य सम्पन्न भएको थियो ।

हरियाली वाताबरणीय दृष्टिकोणले रंगशाला अति नै रामो देखिने भएकोले बिरुवाको संरक्षणगर्नका निम्ती बिरुवा गोडमेल तथा सरसफाई कार्यक्रम गरिएको सहिद हिरालाल रंगशालााका अध्यक्ष न्यौपानेले जानकारी दिए । वोट बिरुवाको संरक्षण र सरसफाई सहितको हरियालि रंगशालाा बनाउन अहिले देखी नै भावना जागृत गराउन र रंगशालाको वाताबरण समेत राम्रो सृजना होस भन्ने उद्देश्यले बिभिन्न संघसंस्थाको सहकार्यमा आगामी दिनमा समेत यस्तै कार्यमा अगि बढाउने योजना रहेको अध्यक्ष न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय