निजगढ नगरपालिकास्थित सिंगौलमा विगत केही दिनदेखि आँखा पाक्ने भाइरल रोगको प्रकोप बढेको छ ।

आँखा पाक्ने रोगको संक्रमण बढेसँगै सिंगौलको स्वास्थ्य चौकी र निजी क्लिनिकमा बिरामीको चाप बढेको छ ।

संक्रमणबाट बच्न स्थानीयहरु कालो चस्मा लगाउन बाध्य भएका छन । आँखा पाक्ने रोगले विद्यालयमा पढने विद्यार्थी सबैभन्दा बढी प्रभाव भइरहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका लेखापाल रामहरी गौतमले जानकारी दिए ।

सुरुवा रोग भएकाले यसबाट संक्रमित विद्यार्थीलाई विद्यालयमा राखेर पठनपाठन गर्न समस्या भइरहेको उनले बताए ।

निजगढ नगरपालिकाको स्वास्थ्य शाखा र सिंगौलमा रहेको स्वास्थ्य चौकीले स्थानीयको घरघरमै पुगेर रोगको उपचार गरिदिएको भए संक्रमणमा परेकाहरुलाई सहज हुने स्थानीय सर्मिला बिक बताईन ।

रोग बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै थप संक्रमण फैलनबाट रोक्न स्वास्थ्य शाखा निजगढले स्थानीय स्तरमा रहेको स्वास्थ्य चौकीमा औषधि पठाईसकेको निजगढ स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले बताए ।

निजगढको स्वास्थ्य शाखाले सिंगौलका स्वास्थ्य संस्थाहरुमा औषधि पठाएपनि बिरामीको चाप अनुसार सिप्रो आई ड्रोप सिंगौल वडा नम्बर ३ स्थित शहरी स्वास्थ्य क्लिनिकमा भने अभाव रहेको छ ।

सिंगौलको स्वास्थ्य संस्थाहरुमा पर्याप्त औषधि नहुँदा स्थानीय निजी क्लिनिकमार्फत उपचार गर्न बाध्य भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय