निजगढ नगरपालिकाले दुग्ध उत्पादक किसानलाई दिने भनेर घोषणा गरेको अनुदान रकम वितरण गरेको छ । निजगढ ५ स्थित बागदेव दुध उत्पादक ससहकारी संस्थामार्फत दुग्धको कारोबार गर्दै आएका किसानलाई नगरपालिकाले चालु आर्थिक वर्षमा प्रतिलिटर रू १ अनुदान दिने निर्णय गरेको थियो ।

बागदेव दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानलाई निजगढ ५ स्थित सामुदायिक भवनमा आयोजिक एक कार्यक्रमकाबीच नगर प्रमुख सुरथ पुरीले किसानलाई अनुदान रकम हस्तान्तरण गरेका थिए । नगर प्रमुख पुरीले १० महिनाको दुध बापतको १९ लाख ४४ हजार ३ सय ८७ हजार वितरण गरिएको जानकारी गराएका थिए ।

उनले किसानको पौरखबाट सबै मानिसहरु पालिएको भन्दै कृषि पेशालाई सम्मानजनक तुल्याउन नगरपालिकाले प्रोत्साहन गर्न सुरुवात गरेको पनि बताए ।

कार्यक्रममा नगर उपप्रमुख सोममाया थिङ, वडा नम्बर ५ का अध्यक्ष सुर्यबहादुर थापा, कार्यपालिका सदस्य शर्मिला विश्वकर्मा, जिल्ला दुग्ध उत्पादक संघका सदस्य पुरुषोत्तम भट्टराई, संस्थाका पूर्वअध्यक्ष नारायणप्रसाद गौतम लगायतले कार्यक्रममा सम्बोधन गरेका थिए ।

बागदेव दुध उत्पादक सहकारी संस्थका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन प्रकाशप्रसाद सापकोटा र स्वागत अर्जुनप्रसाद घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय