सर्पको टोकाइबाट निजगढ ९ तेर्सो लाईनमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ७३ वर्षिय विष्णु पौडेल रहेका छन ।

पौडेललाई हिजो साझ ५ बजे विषालु सर्पले टोकेको थियो । घर पछाडिको बारीमा गएको बेला पौडेललाई सर्पले टोकेको हो ।

सर्पले टोेकेलगत्तै उपचारको लागि आफन्त र छिमेकीले निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

अस्पतालका चिकित्सकहरुले पौडेलको मृत्यु भएको घोषणा गरेका थिए ।

सर्पको टोकेको केहीबेरमा नै अस्पताल पुर्याइएको भएपनि पौडेलको मृत्यु भएको छिमेकी गोविन्द खरेलले जानकारी दिए । सर्पले टोकेको १०÷१५ मिनेटभित्रै उपचारको क्रममा पौडेलको मृत्यु उनले जानकारी दिए ।

सर्पले टोकेको मानिसको यति छोटो समयमा नै मृत्यु यो घटना आफूले पहिलो पटक जानकारी पाएको खरेलको भनाइ छ ।

मृतक पौडेल लामो समयदेखि दम रोगबाट पनि पीडित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय