बारा क्षेत्र नम्बर १ मा नेकपा एमाले प्रतिनिधि सभा सदस्यका उम्मेदवार अच्युत मैनाली र प्रदेश सभा क का उम्मेदवार त्रिलोकी चौधरीले आज निजगढ नगरपालिका वडा नम्बर ५, ६ र ७ मा चुनावी घरदैलो भईरहेको छ ।

एमाले उम्मेदवारसहित एमाले नेता कार्यकर्ताहरुको टोलीले वडा नम्बर ५, ६ र ७ को सबै क्षेत्रमा घरदैलोमा छन ।

हिजो वडा नम्बर ९ को घरदैलोमा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलसमेत सहभागी भएका थिए ।

एमालेले आज बिहान ६.३० मा नगरपालिका रोडबाट घरदैलो सुरु गरेको चुनाव प्रचार समितिका सुदर्शन कोइरालाले जानकारी दिए । उनका अनुसार चुनाव प्रचारको समय कम भएकोले सकभर आज नै साविक निजगढ गाविसमा घरदैलो पुरा गरेर भोलिबाट रतनपुर क्षेत्रबाट घरदैलो सुरु गर्ने कार्यक्रम रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय