स्वतन्त्र उम्मेदवार चन्द्र लाल तमाङले निजगढ नगरपालिकाको वडा नम्बर ११ को वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । आइतबार दिउसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर तमाङले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

निजगढ वडा नम्बर ११ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार तमाङले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।

यसअघी स्वतन्त्र उम्मेदवार रामहरी खरेलले निजगढ नगरपालिकाको वडा नम्बर ७ को वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खरेलले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय