स्वतन्त्र उम्मेदवार रामहरी खरेलले निजगढ नगरपालिकाको वडा नम्बर ७ को वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खरेलले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

वडा अध्यक्ष पदमा खरेलले पहिलो उम्मेदवारी दर्ता गराएका छन् ।

उनले चुनावी तालमेल गरेर सत्तारुढ गठबन्धन निर्वाचन लडिरहेपनि नगरबासीले भने गठबन्धनका उम्मेदवारलाई मत नहाल्ने दाबी गरे । ‘गठबन्धन राम्रो कामका लागि भएको भए हामी सबैले स्वागत गर्ने थियौं, तर बाँडीचुडी खाने उद्देश्यले गठबन्धन गरिएको नगरबासीलाई थाहा छ, त्यसैले भोट दिँदैनन्,’ उनले भने ।

निजगढ वडा नम्बर ७ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार खरेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय