निजगढमा कांग्रेस र माओवादीले सम्मानजनक व्यवहार नगरेको भन्दै सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएिको छ । गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै नेकपा एसले निजगढमा प्रमुख र उपप्रमुख लगाएत वडा अध्यक्ष लागि उम्मेदवारको नाम सिफारिस गरेर प्रदेशमा पठाएको छ ।

नेकपा एसका निजगढ नगर कमिटी अध्यक्ष भिम सापकोटाले निजगढबाट मेयरमा बिष्णु प्रसाद आचार्य (राजु) र भिम सापकोटा तथा उपमेयरमा सावित्री भण्डारीको नाम सिफारिस गरेको बताए ।

नेकपा एसका निजगढले वडा नंम्बर ६ बाट वडा अध्यक्षमा दिपक सापकोटा, केसब सापकोटा र धुर्ब धितालको नाम सिफारिस भएको छ । त्यस्तै, वडा नंम्बर ७ बाट लाल माया जिम्बा, वडा नंम्बर ९ बाट सुदर्शन बडाल र वडा नंम्बर १३ बाट पवन वि.कको नाम सिफारिस भएको छ ।

नेकपा एकीकृत समाजवादी युवा संघका केन्द्रिय सदस्य बिष्णु प्रसाद आचार्य (राजु)ले निजगढमा सिफारिस भएका उम्मेदवारको नाम सार्वजनिक गर्दै गठबन्धनबाट नेकपा एस बाहिरिएको जनाएका छन् । आचार्यले कांग्रेसले एकतर्फी रूपमा गठबन्धन तोडेको बताए ।

निजगढमा कांग्रेस र माओवादीबीचमै पनि भागबण्डा मिलेको छैन । उनीहरूले नेकपा एसलाई कुनै पनि वडामा अध्यक्ष दिन मानेका छैनन् । सो पार्टीले १३ वटा अध्यक्षमा २ वटा वडामा माग गरेको थियो तर नपाएपछि गठबन्धन छाडेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय