वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जादा विभिन्न जिल्लाको स्थानीय प्रशासन चुनावलक्षित सुरक्षा रणनीति बनाउन जुटेको छ । स्थानीय तहको निर्वाचनलक्षित संयुक्त सुरक्षा रणनीति बनाउन जिल्ला प्रशासन कर्यालय बाराको आयोजनामा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक आज निजगढ नगरपालिकामा सम्पन्न भएको छ ।

बारा, पर्सा, रौतहट र मकवानपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका जिल्लास्थित प्रमुखहरूको उपस्थितिमा सुरक्षाको अवस्था र आगामी रणनीतिका बारेमा छलफल गरिएको हो ।

सीमामा हुनसक्ने हातहतियार ओसारपसार तथा अन्य अपराधीक गतिविधि नियन्त्रण गर्ने, फरार अपराधी पक्राउ अभियान तीव्र पार्ने लगायत ५ वटा निर्णय गरिएको बारा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले बताए । उनले प्रशासनसँगै सुरक्षा निकायलाई अतिरिक्त सहयोगका लागि नीतिगत व्यवस्था गर्न आग्रह गरिएको जानकारी दिए ।

अन्तरजिल्ला सुरक्षालाई प्रभावकारी बनाइ समन्वयात्मक ढंगले अगाडि बढ्ने गरी निर्णय भएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए । उनले सीमा क्षेत्रमा हुने ग्रैह्रकानुनी क्रियाकलापलाई ४ वटै जिल्लाको समन्वयमा नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश प्रसार ढकाल, रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डे र बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले आगामी सुरक्षा योजना प्रस्तुत गरेका थिए । उनीहरूले विपद्का घटनाहरूसँग समन्वय, लागूऔषध ओसारपसार र सूचना आदानप्रदान गर्न बैठक महत्वपूर्ण भएको जनाएका छन् । समन्वय बैठकले अन्तर जिल्लास्तरीय सुरक्षा, विपद्का घटनाहरूमा समन्वय र अपराधका घटनालाई न्यूनीकरण गर्न सबै सुरक्षा निकायको सक्रियताबारे छलफल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय