निजगढ । बारामा बाघको आक्रमणमा परि एक युवकको मृत्यु भएको एक हप्ता बित्न नपाउदै फेरी बाघले आक्रमण गरी मुक्तन दम्पतीलाई घाईते बताएको छ । निजगढ वडा नम्बर ११ रतनपुर स्थित तपभुमी सामुदयिक बनमा बाख्रा चराउन गएका ४२ बर्ष दिलबहादुर मुक्तन र बर्ष ३८ की माईली माया रुम्बालाई बाघले आक्रमण गरी घाईते बनाएको हो ।

सुरुमा माईली मायालाई बाघले आक्रमण गरेको थियो । माइलीले बच्चाउका निम्ती गुहार मगेपछी उनका श्रीमान दिलबहादुर आएर उनलाई बाचाउन लाग्दा दिलबहादुर समेत बाघले पन्जाले प्रहार गरेर बाघ गएको बताइएको छ ।

घाटीमा र छातीमा चोट पुगी घाईते भएका उनहरुलाई उपचारको लागि स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी हेटौंडा पठाईएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिब ओलीले जानकारी दिए ।

यस अघि बाघको आक्रमणबाट मृत्यु हुनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगियाबस्तीका ३१ वर्षिय सुरेश मगरको रहेका थिए । आरक्ष र जङल क्षेत्रमा आगलागि हुन थालेपछि बाघ आरक्षको बाघ बस्ती छेउ आउने क्रम बढेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय