नेकपा एमालेले निजगढ नगरपालिका वडा नम्बर १ बाट वडा अध्यक्ष पदमा उमेश गुरोलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी ३० गते हुने स्थानीय तह निर्वाचनको लागि वडा अध्यक्ष र वडा समिति सदस्यहरु उम्मेदवार टुङ्गो लगाउन शुक्रवार बसेको वडा कमिटीको बैठकले उमेश गुरोको सहित वडा समितिको एकल नाम सर्वसम्मतिले सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले वडा सदस्यहरुमा हिराबहादुर सापकोटा, लालबहादुर थोकर र महिला सदस्यमा सकुन्तोला थापा क्षेत्र र दलित महिला सदस्यमा उर्मिला विकलाई पनि सर्वसम्मत सिफारिस गरेको छ ।

नगरपालिकका अन्य वडामा भने वडा अध्यक्षको नाममा सहमति हुन हुन नसकेपछि २ भन्दा बढी नाम सिफारिस भएर आएको निजगढ नगर कमिटी अध्यक्ष सुरथ पुरीले जानकारी दिए ।

अध्यक्ष पुरीका अनुसार वडा नम्बर २ मा अध्यक्ष पदमा केशव ढोडारी, देबेन्द्र पुलामी, गोकर्ण थापालगायत ७ जनाको नाममा सिफारिस भएको छ ।

वडा नम्बर ३ बाट दलबहादुर पुलामी, जितबहादुर बल, मानबहादुर लामा लगायत ७ जना, वडा नम्बर ४ बाट जयराम कुवर र कृष्णप्रसाद दहाल, ७ बाट रामजी बजगाई, टेकबहादुर लामा, जानुका अधिकारी, हरि बर्तौलालगायत ८ जना, वडा नम्बर ८ बाट भोलाप्रसाद गौतम र विदुरलाल श्रेष्ठको नाम सिफारिस भएको छ ।

त्यसैगरी वडा नम्बर ९ बाट मणिश्वर घिमिरे, मानबहादुर श्रेष्ठ, कर्ण लामा, जगतबहादुर न्यौपानलगायत ९ जना, १० बाट कुमार मोक्तान, कुमार कार्की र आशाकाजी श्रेष्ठ, वडा नम्बर ११ बाट एसबहादुर लामा, बाबुलाल स्याङ्गतान र प्रेम स्याङ्गतानलगायत १२ जना र वडा नम्बर १२ बाट युवक मोक्तान लगायतको नाम सिफारिसमा परेको छ ।

त्यसैगरी वडा नम्बर ५ मा आकांक्षी धेरै भएपछि वडा कमिटीको बैठक कुनै निर्णय नगर स्थगित भएको छ भने वडा नम्बर ६ र वडा नम्बर १३ मा बैठक नबसेकाले वडा अध्यक्ष र सदस्यको नाम सिफारिस हुन सकेको छैन ।

वडाबाट सिफारिस भइ आएका नामको अन्तिम टुङ्गो भने जिल्ला कमिटीले लगाउने बताइएको छ ।

अध्यक्षको सिफारिस कार्य सकिएपछि निजगढ एमालेले नगरको मेयर उपमेयरमा उम्मेदवारहरुको नाम सिफारिस गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार निजगढ एमालेमा मधेस प्रदेश कमिटीका सदस्य एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, सुदर्शन कोइराला र नगर कमिटी अध्यक्ष सुरथ पुरी नगर प्रमुखको आकांक्षी रहेका छन ।

त्यसैगरी उपप्रमुखमा लिलादेबी लामिछाने र दर्गा कोइरालाको नाम चर्चामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर