निजगढ काव्य समाजको आयोजनामा निजगढ काव्य यात्रा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रसिद्ध गजकार प्रदीप रोदनले प्रमुख वाचकको रुपमा आफना रचनाहरु प्रस्तुत गरेका थिए ।

निजगढ नगरपालिका वडा नम्बर ४ वडा कार्यालयको आर्थिक सहयोगमा भएको सो कार्यक्रममा निजगढ, गोर्खा र सिन्धुलीका सर्जकहरुले आफना रचना वाचन गरेका थिए ।

कार्यक्रममा माधव खतिवडा, रमेश रसिक, विमल बजगाई, प्रभात तिमल्सिना, सरु बस्नेत, भोलाप्रसाद चौलागाई, अभिशेक ओझा, बालकुमारी सिन्जाली, अभिनास थापा, प्रमिला बजगाई, अभिनास सापकोटा, प्रेम गरी लगागतले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

काव्य समाज निजगढका अध्यक्ष रमेश रसिकको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन भोलाप्रसाद चौलागाईले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय