बँदेल मार्न थापेको बन्दुकको धरापमा परि एकजना युवाको ज्यान गएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ डकाहाका इन्द्रबहादुर सिंजालीका छोरा २८ बर्षिय सागर सिंजाली मगरको धरापमा परि ज्यान गएको हो ।

सिंजाली गाउँका अन्य युवा सहित बालगंगा खोलामा माछा जाँदै गर्दा सोही पालिकाको धर्मनगर नजिकै खोला किनारमा थापिएको धरापमा परेका स्थानीयले बताए ।

गएराती १ बजे भएको घटनामा परि ऊनी गम्भीर घाइते भएका थिए । तत्कालै उद्दार गरि उपचारका लागि लगिएको थियो । उपचारका क्रममै उनको बयोधा अस्पताल बिरगंजमा ज्यान गएको भन्ने खबर छ स्थानीय शिक्षक डम्बर बहादुर आलेले जानकारी दिए । प्रहरी सहित घटना स्थल जाँदैछौं उनले भने ।

मृतकको शव अस्पतालमा छ । घटना बारे जानकारी भएपनी यकिन विवरण आइनसकेको र ईलाका प्रहरी कार्यालय सिमराको टोली बिहानैबाट अनुसन्धानमा खटिएको बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर