प्रेस चौतारी नेपाल बाराले एकजना क्यान्सर पिडितलाइ १० हजार नगद आर्थिक सहयोग गरेको छ ।
मंगलबार निजगढमा प्रेस चौतारी मधेस प्रदेश कमिटीले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रिय मधेस प्रदेश स्तरीय चुनावी प्रचार रणनीतिक भेलाका क्रममा पीडितलाई रकम हस्तान्तरण गरिएको हो ।
निजगढ नगरपालिका वडा नं.२ का राधाकृष्ण सापकोटालाई नगद सहयोग गरिएको प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीले जानकारी दिए ।
प्रेस चौतारी बाराको निर्णय अनुसार उक्त रकम पीडितका आफन्तलाई कार्यक्रमका प्रमुख अतिथि एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं गण्डकी प्रदेशका पुर्व मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदान गरेका हुन ।