स्थानीय तहको निर्वाचनमा १० हजार ७ सय ५६ वटा मतदान स्थल निर्धारण गरिएको छ । यी स्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको आइतबार बसेको बैठकले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका मतदाता, मतदान स्थल र मतदान केन्द्र टुङग्याएको हो । आयोगका अनुसार सबैभन्दा बढी मतदान स्थल मधेस प्रदेशमा २ हजार १ सय ६३ मतदान स्थल र ४ हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएको छ । मधेस प्रदेशका आठ जिल्लामा ३३ लाख ३१ हजार १ सय ७० मतदाता छन् ।

यस्तै बारामा ३०३ मतदान स्थल निर्धारण गरिएको छ । यी स्थलमा ५ सय ४१ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी बाराको निजगढ नगरपालिकामा १६ मतदान स्थल निर्धारण गरिएको छ । यी स्थलमा ३६ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय