शनिबारदेखि निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । आयोजक निजगढ युवा क्लवले प्रतियोगिताको तयारि अन्तिम चरणमा रहेको जनाउदै शनिबारदेखि प्रतियोगिता संचालन हुने जनाएको छ ।

मधेशका बिभिन्न ८ वटा क्लवहरुको सहभागिता रहेको प्रतियोगिता चैत १९ गतेसम्म संचालन हुने आयोजक निजगढ युवा क्लवले जनाएको छ । प्रतियोगितामा आयोजक निजगढ सहित बकुलिया फुटबल क्लव बारा, बारा एघार, नवजनजागृति युवा क्लव बारा, बिरगंज युथ एकेडेमी, नेपाल खेलकुद क्लव रौतहट र हरिवन फुटबल क्लव सर्लाहीको सहभागिता रहेको छ ।

निजगढ नगरपालिका मुख्य सहयोगी रहेको रतियोगीताको बिजेताले उपाधि सहित १ लाख ५० हजार रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैंया प्राप्त गर्नेछ । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैंया प्राप्त गर्नेछन भने विधागत रुपमा उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र उच्च गोलकर्ताले जनही ५ हजार रुपैंया प्राप्त गर्ने छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय