निजगढ । निजगढ नगरपालिकाले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण गर्नका लागि १० बुँदे प्रतिबद्धता जारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा निजगढ नगरपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकायहरु तथा पत्रकारहरुको अन्तरक्रियात्मक कार्यक्रममा नगरपालिकाले १० बुँदे प्रतिबद्धता जारी गरेको हो ।

सरोकारवाला तथा साझेदार निकायसँग समन्वय गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि व्यापकरुपमा अभियान सञ्चालन गर्ने, नगरभित्रका सम्पूर्ण जनप्रतिनिधिहरु तथा कर्मचारीले सुर्तीजन्य पदार्थको सेवन छोड्ने प्रतिज्ञा गरिएको नगर प्रमुख सुरोश कुमार खनालले बताए ।

निजगढ नगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागी विभिन्न प्रतिवद्धताहरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निदेशक शुनिल राज शर्मा र नगरप्रमुख खनालद्धारा हस्ताक्षरित प्रतिवद्धताहरुमा सरोकारवाला तथा साझेदार निकायसंग समन्वय गरी यसको नियन्त्रणका लागी व्यापक अभियान सञ्चालन गर्ने, निजगढ नगरपालिकाका जनप्रतिनिधि तथा सम्पुर्ण कर्मचारीहरुले आजैबाट सुर्तिजन्य पदार्थ सेवन छाड्ने प्रतिज्ञा समेत गरेका छन् ।

पालिकामा तथा सार्वजानिक संस्थाहरुमा सुर्तिजन्य पदार्थ निषेध गर्ने, ईजाजत पत्र लिएर मात्र सुर्तीजन्य पदार्थ विक्रि वितरण गर्न पाउने, प्रयोगकर्ताहरुलाई लत छुटाउन स्वास्थ्य कर्मीलाई तालिम दिएर परिचालन गर्ने, यसको नियन्त्रण तथा नियमनका लागी अध्ययन तथा अनुसन्धान गर्ने, जनस्वास्थ्य ऐन २०७८अनुसार सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागी रणनिति तयार गर्ने, निरन्तर अनुगमन गर्ने, नगरपालिकालाई क्रमश सुर्तीजन्य पदार्थ रहित पालिका घोषणा गर्ने उक्त प्रतिवद्धता पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय