निजगढमा आयोजित दुई दिने प्रविधि हस्तान्तरण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
तालिमको प्रमुख अतिथि एंव डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले उद्धाटन गरेका थिए । कार्यक्रमको उद्धाटन गर्दै वन कार्यालय प्रमुख मन्जुरले समय अनुसार प्रविधिसंग वन संरक्षणकर्मीहरु जोडिनु पर्ने बताए । तालिमले क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने भएकोले तालिममा सिकेको ज्ञानलाई वन क्षेत्रको विकास, संरक्षण, संंवद्र्धनमा लगाउन समेत उनले आग्रह गरे ।
कार्यक्रममा विशिष्ठ अतिथि एंव वरिष्ठ पत्रकार तथा प्रशिक्षक चन्द्रकिशोरले वन संरक्षणमा मनैदेखि लाग्न आग्रह गर्दै वन क्षेत्र बहुआयमिक क्षेत्र भएकाले हामी मानवका लागि मात्र नभई विभिन्न वन्यजन्तु, पशुपंंक्षी, प्रकृति, स्वच्छ वातावरण सम्पूर्ण जीवजन्तुहरुको अस्तित्व रक्षाका लागि वन क्षेत्र महत्वपूर्ण रहको बताए ।
तालिममा डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत जवाहर कुर्मी, वन अधिकृत अनिल साहले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
डिभिजन वन कार्यालयको सहयोग र चित्र–दृष्य मल्टिक्रियशन निजगढको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समुह, साझेदारी वन व्यवस्थापन समितिका पदाधिकारीलगायत सहभागी थिए ।
तालिमपछि सहभागीहरुले निजगढ नगरपालिका वडा नम्बर ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समुहमा संरक्षण गरिएको वन क्षेत्रको समेत अवलोकंन गराइएको थियो ।