सुनसरीको लौकहीमा आज बिहान बस र ट्रक एकापसमा ठोक्किँदा निजगढका एकजना ट्रक चालकसहित तीन जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ मा बस र ट्रक एकापसमा ठोक्किँदा ट्रक चालक निजगढ नगरपालिका वडा नम्बर ९ जमुनापैनी परिका वर्ष २८ का शेख फिरोजको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनामा सोही ठाउँका ट्रक मालिक डम्बर श्रेष्ठ पनि दुर्घटनामा घाइते भएका छन । अन्य मृत्यकहरुमा बसचालक झापा गोलधापका ४५ वर्षीय सरोज राई, बसको पछाडि सवार भारत पश्चिमबङ्गाल कालचिनी बस्ने २३ वर्षीय निहाल प्रधान रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । मृत्यु भएका तीनैजनाको स्वास्थ्य परीक्षणपछि परिवारजनले शव बुझेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा २७ जनाभन्दा बढी घाइते बनेको प्रहरीले जानकारी दिएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तगर्त कोशी गाउँपालिकाको लोकहीको खुनियामा ट्रक र बस एकआपसमा ठक्कर खाएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जय सिंह थापाले बताए । एसपी थापाका अनुसार पूर्वको काकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र निजगढबाट पूर्व जादै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठोक्किर आगलागी भएको थियो ।

दुर्घटनालगत्तै बसमा सवार अन्य यात्रुको उद्दार गरिएकाले थप मानवीय क्षति नभएको प्रहरीले बताएको छ । दुवै सवारीका चालकको शव जलेको छ । घाइतेमध्ये केही सामान्य उपचारपछि घर फर्किएका छन् भने १६ जना घाइतेहरुको विराटनगरस्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको एसपी थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय