ईलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नम्बर ४ बाट दुई ब्याक्तिसहित ट्याक्टर र काठ बरामद काठ बरामद गरेको छ । आज बिहान करिब ५:३० को समयमा निजगढ नगरपालिका वडा नम्बर ४ पुरनो निजगढबाट वडा नम्बर ८ खयरघरी आउँदै गरेको ट्याक्टर र त्यसमा सवार रहेका दुईजना सहित काठ प्रहरिले बरामद गरेको हो ।
प्रकाउ पर्नेमा ट्याक्टर सवार रहेका निजगढ नगरपालिका वडा नम्बर ४ पुरनो निजगढका ३० वर्षीय राजकुमार चौधरी र १२ वर्षीय बालक रहेका छन । ट्याक्टर चालक भने प्रहरी देखेपछि ट्याक्टर छोडेर फरार ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताए ।
प्रहरिले प्रकाउ गरेको ट्याक्टर अन टेस्ट लेखिएको जोन डिरेको ट्रयाक्टर रहेको छ । सो ट्याक्टरमा प्रयोग भयको टेलर भने ना १ त १०७ नम्बरको रहेको प्रहरिको भनाइ छ ।
प्रहरिले निजगढ नगरपालिका वडा नम्बर ४ पुरनो निजगढबाट तयार गरी त्याउदै गरेको १६ थान चिरान काठ वडा नम्बर ८ खयरघरी आउँदै गरेको अवस्थामा ट्याक्टरबाट काठ बरामद भएको थियोे ।
बरामद गरिएको काठ, ब्याक्ति र ट्याक्टर सव डिभिजन वन कार्यालय तामागढिलाई भुझाउने तयारी भाईरहेको प्रहरिले जनाएको छ ।
बारामा ४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्र रहेको छ । जसमा ४१ सामुदायिक वन, ४ साझेदारी वन, पर्सा राष्ट्रिय निकुञ्ज र निजीवन क्षेत्र रहेका छन ।
वन क्षेत्र भित्र भएको घना वस्ती र चौतर्फी रुपमा खोलिएका बाटोघाटोका कारण निमार्णधिन निजगढ अन्तराष्ट्रिय विमानस्थल र आसपाका वन क्षेत्रमा पछिल्लो समय सबैभन्दा बढी तस्करी हुने गरेको छ ।
वन तस्करलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नेमा अधिकाशं स्थानिय नै रहेको बन सरोकारवालाहरुको भनाई छ ।