निजगढ नगरपालिकाले सोनाम ल्होसार पर्वको अवसरमा संघीय सरकारले दिएको बिदामा १ दिन थप गरेर आज सार्वजनिक विदा दिएको छ । नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गरी ल्होसार पर्वको अवसरमा नेपाल सरकारले दिएको १ दिन बिदामा अर्को १ दिन थपेर आजको लागि पनि विदा दिइएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले जारी गरेको सूचनामा कार्यपालिका बैठकले गरेको निर्णय अनुसार आज माघ २० गते पनि सार्वजनिक विदा दिइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय