लायन्स क्लब अफ निजगढ सिटीले निजगढ नगरपालिका वडा नम्बर ७ माझी टोलका अतिविपन्न समुदायका २० जनालाई कम्बल वितरण गरेको छ ।

क्लबले वडा नम्बर ७ का कार्यवहाक वडा अध्यक्ष रामबहादुर माझीको रोहबरमा चीसोबाट प्रभावित विपन्न परिवारका सदस्यहरुलाई २० थान न्यानो कम्बल वितरण गरेको नविन खनालले जानकारी दिए ।

कम्बल वितरण कार्यक्रममा क्लबका अध्यक्ष मणिश्वर घिमिरे, विष्णुगोपाल रिसाल, नविन खनाल, खडक मैनाली र मुना बुढाथोकीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय