निजगढ नगर उद्योग बाणिज्य संघको साधारण सभा अनिश्चितकाल सम्मको लागि स्थगित भएको छ ।

कोभिड १९ को नया भेरियन्स ओमीक्रोनको संक्रमण बढदै गएपछि बाणिज्य संघले माघ १५ गते गर्ने भनेर तयारी गरेको संघको साधारण सभा अर्को सूचना प्रकाशित नहुन्जेल सम्मको लागि स्थगित गरिएको संघका अध्यक्ष रामकृष्ण नेपालले जानकारी दिए ।

कोभिडको बढदो संक्रमण र जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई ख्यालमा राखेर साधारण सभा स्थगित गरिएको अध्यक्ष नेपालले बताए ।

पछिल्लो समय निजगढ नगरपालिकाभित्र पनि कोरोना संक्रमण तिव्ररुपमा फैलिएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय