निजगढ नगरपालिकाको वडा नम्बर ४ ले मगर र थारु समुदायको महान पर्व माघी संक्रान्तिको अवसरमा माघी मिलन तथा मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । संक्रान्तिको अवसरमा वडा नम्बर ४ को वडा कार्यलयमा वडा अध्यक्ष जयराम कुँवरको उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नं. ४ कछडिया समुदायका कक्षा ११ बाली बिज्ञान संकायमा अध्ययनरत बिद्यार्थी छात्र÷छात्रा संतोष पौडेल र रसुजा कुमारी चौधरीलाई सम्मानपत्र हस्तान्तर गरिएको थियो ।

उक्त कार्यक्रममा नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुरथ पुरी, सहसचिव थानेश्वर सापकोटा (अबिरल), वडाका सचिव सोमसेन लामा, राजनीति दलका पदाधिकारी र स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमा बाल्दै कुँवरले निजगढ नगरपालिका वडा नंं ४ मा विविध संस्कार संस्कृति भएको मानिसहरुको बसोबास भएकोले विशेष गरि थारु जारी भएकोले प्रत्येक बर्ष यो चाड मनाउदै

आएर र प्रत्येक बर्ष २ जना बिद्यार्थीहरुलाई बाली बिज्ञानमा अध्ययनरत भाईबहिनीहरुको सम्मान कार्यक्रको आयोजना परि गर्न गरेको कुँवरले बताए । उक्त कार्यक्रमको संचालन वडाका सचिव सोमसेन लामाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय