बाराको कलैया उपमहानगरपालिकाले पुस २७ गते पृथ्वी जयन्ती (राष्ट्रिय एकता) दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले एक विज्ञप्ति जारी गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण साहको जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए ।

विज्ञप्तिमा २०७५ चैत्र २९ गतेको तेश्रो नगरसभाको निर्णयलाई आधार मानेर पुस २७ मा सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ । सो दिन कलैया उपमहानगरपालिकाभित्रका सबै कार्यालयका साथै मातहतका सबै वडा समितिका कार्यालयहरु, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरुमा सार्वजनिक विदा हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय