नेपाली कांग्रेसको स्थगित १६ वटा जिल्लाको जिल्ला अधिवेशन यही माघ १५ गते हुने भएको छ । जसअन्तर्गत बारा जिल्लाको अधिवेशन माघ १५ गते कलैयामा हुने भएको हो ।
हाल सम्ममा बारामा तीन जनाले सभापतिमा उम्मेदवारी घोषण गरेका छन । शम्भु बुढाथोकी, रामानन्द यादव र राजेश राय यादवले सभापतिमा उम्मेदवारी घोषण गरिसकेका छन ।

देउवाको पक्षको साथ बुढाथोकिलाई
हाल जिल्ला संगठन प्रमुख रहेका बुढाथोकिलाई पछिल्लो पटक नेपाली काग्रेस बाराको आशा लाग्दा नेताको रुपमा हेरिएको छ । हक्कि तथा निडर स्वभावमा बुढाथोकि पहिलो सबिधान सभा निर्वाचमा भने हार बेहोनु परेको थियो ।

शम्भु बहादुर बुढाथोकि केन्द्रिय सभापति शेर बाहादुर देउवा निकटका हुन । सहमहामन्त्री फरमुल्लाह मन्सुर, प्रदेश नं २ का उपसभापति चन्द्रशेखर यादव तथा वर्तमान जिल्ला सभापति जयचन्द्र चौरसियाले समेत समर्थन गरेका छन । देउवालाई केन्द्रिय सभापतिको रुपमा बिजय गराउन उनले जिल्लाबाट महत्वपुर्ण भुमिका खेलेका थिए ।

बारामा कांग्रेस अधिवेशन : सभापतिमा तीन जनाको दाबी

शम्भु बहादुर बुढाथोकि सहित सभापतिमा देउवा समुहबाट अर्का राजेश राय यादवले समेत उम्मेदवारी दिएका छन । तर यादव भन्दा बुढाथोकिको पहुच सिधा देउवा संग रहेको हुदाँ उनी बलियो देखिएका छन ।

नवनिर्वाचित सहमाहामन्त्रि फरमुल्ला मनसुरको आधिकारिक उम्मेदवारको रुपमा बुढाथोकि जिल्ला सभापतिको उम्मेदवार बनेकोले पनि उनि अन्य उम्मेदवारको तुलनामा बलियो उम्मेवारको रुपमा प्रस्तुत छन् ।

त्यस्तै राजेश राय यादवलाई पूर्वकेन्द्रीय सदस्य राधेचन्द्र यादवको साथ रहेको छ । उनी कलैया उपमहानगर पालिकाको मेयर हुनुको साथै राधेचन्द्रका छोरा पनि हुन् ।

यस्तै ईतर पक्षका रामानन्द यादवले समेत आफ्नो उम्मेदवारी दिएका छन । उनलाई शेखर कोइराला टिमले सहयोग गरेको छ ।

कांग्रेसको १६ जिल्ला अधिवेशन माघ १५ गतेलाई सारियो
यसैबिच, नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन पुनः सरेको छ । यसअघि अधिवेशन हुन नसकेका जिल्लाहरुको अधिवेशन पुस २७ गतेसम्मका लागि सारिएको थियो ।

माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरका जिल्ला अधिवेशन हुन बाँकी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय